सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीमा सामान बरामद

२०८२ वैशाख २, ०८:११ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भनसार छलीका सामान बरामद गरिको छ।

जिल्लाको बिभिन्न भीमदत्त नगरपालिका–५ सुकासाल, भीमदत्त नगरपालिका–६ ऐठपुर, भीमदत्त नगरपालिका–९ भीमदत्त नगरपालिका–११ भुजेला र बेलौरी नगरपालीका–८ कलकत्ताबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४लाख ४० हजार मुल्य बराबरको भन्सार छलीका सामान सोमवार प्रहरीले बरामद गरेको हो।

उक्त मूल्य बराबरको बिडी, सुर्ती, गुट्खा, माछा, बोईलर कुखुरा, थानको कपडा, चप्पल, हार्डवेयरको, बिजुलीको र कस्मेटिक लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

 

कमेन्ट लोड गर्नुस