सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कान्द्रा नदीमा डुबेर बालकको मृत्यु

२०८१ चैत्र ३०, ०४:३६ खबर संवाददाता

धनगढीः कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–११ को सिसैयामा कान्द्रा नदीमा डुबेर सोही ठाउँका १३ वर्षीय उपेन्द्र कडायतको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले नुहाउने क्रममा डुबेर बेपत्ता भएका कडायतको शव फेला परेको बताए। उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

 

कमेन्ट लोड गर्नुस