सुदूर नेपाललाई विश्वसँग जोड्दै

आधारभूत तह कक्षा ८ मा दून एकेडेमीको उत्कृष्ट ग्रेडसहित सतप्रतिशत नतिजा

२०८१ चैत्र २७, १०:१० खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाको आधारभूत तह कक्षा ८ को नतिजा प्रकाशन भएको छ।

धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित शैक्षिकसत्र २०८१ को आधारभूत तह कक्षा ८ को आज प्रकाशन भएको नतिजामा धनगढी‑३ मा रहेको दून एकेडेमीले उत्कृष्ट ग्रेडसहित सतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ।

आधारभूत तह कक्षा ८ को नतिजामा दून एकेडेमीकी प्रितिष्मा तामाङ्गले ३.९३ जिपिएसहित विद्यालय प्रथम हुन सफल भएकी छिन् भने ७ जनाले ए प्लस ग्रेड ल्याउन सफल भएका छन्। स्थापनाको छोटो समयमै दून एकेडेमीले स्थापनाकालदेखी बिद्यार्थीहरुलाई बालमैत्री शिक्षासहित उत्कृष्ट शिक्षा प्रदान गर्दै विद्यार्थी तथा अभिभावकहरुको मन जित्दै आइरहेको छ।

कमेन्ट लोड गर्नुस