सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला ४ हजारले बढ्यो

२०८१ चैत्र १, १२:४६
काठमाडौँः स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
आज सुनको मूल्य प्रतितोला रू चार हजारले बढेर एक लाख ७४ हजार पाँच सय कायम भएको छ। स्थानीय बजारमा बिहीबार सुन प्रतितोला एक लाख ७० हजार पाँच सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५० कायम भएको छ।




कमेन्ट लोड गर्नुस