दार्चुलाको एक घरमा आगलागी, आठ लाखको धनमाल जलेर नष्ट
दार्चुलाः दार्चुलाको एक घरमा आगलागी भएको छ। शैल्यशिखर नगरपालिका–४ काँडापारी बस्ने धर्मानन्द भट्टको घरको भान्छा कोठामा बालेको अगोबाट बुधवार आगलागी भएको हो।
आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, खद्यान्न, लत्ताकपडा लगायतका सामान गरी अन्दाजी मुल्य आठ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।