पूर्व प्रधानमन्त्री देउवासहित काँग्रेस केन्द्रीय नेतृत्व धनगढीमा
धनगढी: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व धनगढी पुगेको छ।
काँग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवासहितका नेताहरू धनगढी पुगेका हुन्।
काँग्रेस, सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि सोमवार बिहान देउवा धनगढी पुगेका छन। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत (डोटेली कान्छा)ले सभापति देउवा, महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य शशाङ्क कोइराला लगायतका नेताहरूको टोली धनगढी पुगेको बताए।
नेपाली काँग्रेसका उप–सभापति पूर्णबहादुर खड्का, सह–महामन्त्री महालक्ष्मी उपाध्याय (विना) लगायतका नेताहरू आइतवार नै धनगढी पुगेको थियो। धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ।
पार्टी सभापति देउवाले मङ्गलवार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गर्ने छन्। नेपाली काँग्रेसले सुदूरपश्चिमका प्रशिक्षकहरूलाई प्रशिक्षण दिने भएको हो।