कञ्चनपुरका स्थानीय तहमा पनि विप्लव समूहद्धारा तालावन्दी
२०७६ असार २२, ०१:४४
नेत्र विक्रम चन्द विप्लवु नेतृत्वको नेकपाले कञ्चनपुरका विभिन्न स्थानीय तहमा पनि तालाबन्दी गरेको छ। विप्लव समूहले कञ्चनपुरका स्थानीय तह र वडा कार्यालयमा गएराती तालाबन्दी गरेको हो । जिल्लाको भीमदत्त, वेदकोट, महाकाली, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाको कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरेको हो। तर प्रहरीको सहयोगमा स्थानीय तहले ताला तोडेर कार्यालय सञ्चालन गरेका छन्। स्थानीय तहमा आथिृक अनियमितता र भ्रष्टाचार बढेकाले तालाबन्दी गरिएको विप्लव समूहले बताएको छ ।
कमेन्ट लोड गर्नुस