सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुखुरा व्यवसायी नै तस्करी नियन्त्रण अभियानमा सक्रिय (भिडियो सहित)

नियमनकारी निकायकै मिलेमतोमा प्रतिवन्धित कुखुरा तस्करी

२०७५ वैशाख २८, ०९:५१

नियमनकारी निकायकै मिलेमतोमा प्रतिबन्धित कुखुराको तस्करी हुन थालेको आरोप लगाउदै कैलालीका कुखुरा व्यवसायी नै तस्करी नियन्त्रण अभियानमा सक्रिय भएका छन् । अण्डा तथा कुखुरा व्यवसायीक संघ गठन गरि संगठीत भएका व्यवसायीहरुले तस्करी नियन्त्रण गर्ने अभियान सुरु गरेका हुन् । प्रतिवन्धित कुखुरको खुलेयाम तस्करी भईरहँदा पनि नियमनको जिम्मा पाएका नियकाहरु तस्करी रोक्नुको सट्टा मिलेमतो गर्दै बढवा दिन थालेपछि आफै तस्करी नियन्त्रणको अभियानमा लागेको उनीहरुले बताएका छन् । 

अण्डा दिन थाकिसकेपछि भारतमा नष्ट गर्न लागिएका कुखुराको तस्करी गरि कैलालीको मासु बजार चलिरहे पनि नियमनकारी निकाय भने तिनै तस्करबाट असुलीमा लागेको आरोप लागेको हो । भारतबाट प्रतिवन्धित कुखुराको निर्वाध रुपमा तस्करी गरि नेपाली कुखुरा व्यवसायीलाई पलायन गर्ने चलखेल भएको भन्दै व्यवसायीहरु आफै तस्करी रोक्नका लागि लागि परेका छन् । कुखुरा व्यवासायीले तस्करी रोक्न सिमा क्षेत्रमा निगरानी बढाएपछि अहिले खुलेयाम रुपमा भारतबाटै कुखुराको मासु तस्करी भईरहेको छ । 

भारतबाट कुखुरा र प्रतिवन्धित अण्डाको तस्करी गर्नेहरुबाट सुरक्षा निकाय र नियमनको जिम्मा पाएका अन्य सरकारी नियकाले असुली गर्ने गरेको आरोप व्यवसायीहरुले लगाएका छन् । जस्ले गर्दा नेपाली कुखुरा व्यवसायीले विगत लामो सयमदेखि तस्करी नियन्त्रण गर्न माग गरेपनि नियमनकारी निकाय भने उदासीन बनिदिने गरेका छन् । भारतमा नष्ट पार्न लागिएका कुखुराको तस्करी गरि नेपालमा ल्याईएपछि सस्तो मुल्यमा विक्री वितरण गरिदै आईएको छ । नेपालमै कुखुरा उत्पादन गरेका किसनाहरुले भने प्रतिवन्धीत कुखुराहरु सस्तो मुल्यमै विक्री हुने भएकाले प्रतिस्पर्धा गर्न सक्दैनन् । कुखुरा व्यवसायबाटै पलायन हुन पर्ने अवस्था आएपछि आफै तस्करी नियन्त्रणको अभियानमा सक्रिय रहेको अण्डा तथा कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष भुवन पाण्डेयले जानकारी दिए । 

भारतमा अण्डा दिन थाकिसकेपछि नदि किनारमा नष्ट गर्नुपर्ने कुखुराहरुको नेपाली बजारमा तस्करी भईरहेको हो । यस्ले बर्डफ्लुको समस्या बढाउदै लैजाने भएपनि प्रतिबन्धीत कुखुराको तस्करी नियन्त्रणमा नियमनकारी निकाय भने मौन छ । उपभोक्ता समितीको नाममा राजनीती गर्ने सस्थाहरु प्रतिवन्धीत कुखुराको अवैध तस्करी गरि जनस्वास्थ्यमा असर परिरहेपनि मौन बसेका छन् । कसैले पनि तस्करी नियन्त्रणका लाथि चाँसो नदेखाएपछि अहिले कुखुरा व्यवसायीहरु आफ्नो व्यवसाय छोडेर भएपनि दैनिक रुपमा सिमा क्षेत्रमा खटिन थालेका छन् । अण्डा तथा कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष भुवन पाण्डेयसँग गरिएको कुराकानी हेर्नुहोस् । 

कमेन्ट लोड गर्नुस