अत्तरियामा सिवाइसी स्पोट्र्स लिग सुरु
धनगढीः कैलालीको अत्तरियामा सिवाईसी स्पोट्र्स लिग सुरु भएको छ।
अत्तरियामा रहेको न्यू सृजनशिल युवा क्लब (सिवाइसी) को आयोजनामा सोमवारबाट स्पोट्र्स लिग सुरु भएको हो। लिगको एक औपचारिक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ। गोदावरी नगरपालिका–३ का वडाध्यक्ष तेजराज अवस्थीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो।
युवा क्लबका अध्यक्ष नरबहादुर राईको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन छबिन्द्र नाथ योगीले गरेका थिए। सिवाइसीले क्लबमा हालसम्म आवद्ध व्यक्तिहरुलाई समावेश गरेर लिगको आयोजना गरेको हो। जसमा क्रिकेट, फुटबल र भलिबल गरी ३ वटा विधामा खेलहरु खेलाईने आयोजकले जनाएको छ।
आयोजकले प्रतियोगिताका ३ वटै विधाहरुमा प्रतिष्पर्धा गर्नका लागि ८ वटा टिमहरु तयार गरेको छ। जसलाई गोदावरी नगरक्षेत्रका विभिन्न पर्यटकिय क्षेत्रका नाम दिईएको छ।