सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमाथि थप १० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना

२०८१ फाल्गुन १६, ०२:३६

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १० प्रतिशत कर लगाउने बताउनुभएको छ।

म्पले चीनबाट आयात हुने सामानहरुमा अघिल्लो महिनामा पनि १० प्रतिशत कर बढाउनुभएको थियो। त्यतिखेर पनि उहाँले फेरि कर बढाउने योजना बनाएको बताउनुभएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपतिले व्यापार साझेदारहरूसँग व्यापारसम्बन्धी नीतिहरु लगातार परिवर्तन गरिरहनुभएको खबरमा उल्लेख छ।

राष्ट्रपति ट्रमले हिजो मात्रै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशतले कर लगाउने चेतावनी दिनुभएको थियो। चीन, मेक्सिको र क्यानडा अमेरिकाका प्रमुख तीन व्यापार साझेदारहरू हुन्। गएको वर्ष यी देशले अमेरिकामा आयातको ४० प्रतिशतभन्दा धेरैको योगदान गरेका थिए। तीन देशका सामानहरूमा बढाइएको करका कारण अमेरिकामा प्राय सबै सामानमा उच्च मूल्य वृद्धि हुनसक्ने भन्दै अर्थशास्त्रीहरूले चेतावनी दिइरहेका छन् 
 

कमेन्ट लोड गर्नुस