सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश गौरीगंगा फुटबल प्रतियोगिताको फाइनलमा

२०८१ फाल्गुन ११, ०६:३४

धनगढी :सुदूरपश्चिम प्रदेश गौरीगंगामा भईरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा भईरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको पाचौँ दिन भएको पहिलो सेमिफाईनलमा जित हात पार्दै सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेको हो।

पहिलो सेमिफाईनलमा कर्णाली प्रदेशलाई १–० ले हराउँदै सुदूरपश्चिम प्रदेश उपाधि नजिक पुगेको हो। सुदूरपश्चिमलाई फाइनल पुराउन सुदूरपश्चिमका श्याम विनाडीले निर्णायक गोल गरे। उनले खेलको ४५ औँ मिनेटमा गोल गरेका हुन्। सुदूरपश्चिम प्रदेशलाई फाइनल पुराउन उत्कृष्ट खेल प्रदर्शन गरेका सुदूरपश्चिम प्रदेशका गोलरक्षक कुम्भ देउवा म्यान अफ द म्याच भए। उनले नगद ५ हजार सहित ट्रफी पाए।

भेली दोस्रो सेमिफाईनलमा लुम्बिनी प्रदेशको राईजिङ स्टार क्लबले अब फाइनल प्रवेशका लागि बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल फागुन १४ गते महाशिवरात्रीका दिन हुनेछ। प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख पचास हजार नगद सहित ट्रफी मेडल पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्टरक्षक १५ हजार, उत्कृष्ट फरवार्ड १५ हजार, सर्वाधिक गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार, फेयर प्ले टिमलाई १५ हजार पुरस्कार दिईनेछ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार सहित ट्रफी दिईने आयोजकले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस