धनगढीको चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधि ओझा
धनगढीः कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधी ओझा नियुक्त भएका छन् ।
करिब ३७ वर्षदेखि शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल ओझा आजदेखि चैतन्य पाठशालाको प्राचार्यमा नियुक्त भएका हुन्।बिद्यालयको बिहीवार विद्यालयको बिहानी सत्रमा औपचारिक कार्यक्रमको आयोजना गर्दै वैदिक विधि विधानसहित ओझालाई प्राचार्यको जिम्मेवारी दिइएको हो । नव नियुक्त प्राचार्यलाई पाठशालाले एक कार्यक्रमका बिच स्वागत गरेको हो ।
नव नियुक्त प्राचार्य ओझाले पाठशालाको प्राचार्यको जिम्मेवारी पाएको सुखद क्षणलाई आत्मसाथ गर्दै अहिले चैतन्य पाठशालाको शिक्षा प्रणाली उत्कुष्ट रहेको र आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ सशक्त बनाउने आफ्नो प्रयास रहने बताएका छन् । विगत चार दशकदेखि शिक्षण र शैक्षिक संस्थाहरुको नेतृत्व गरिरहनु भएका ओझा लामो समय धनगढीको ऐश्वर्या स्कुलको प्राचार्यको रुपमा रहेका थिए ।
नव नियुक्त प्राचार्य ओझालाई शुभकामना दिँदै पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्य पाठशाला कितावी ज्ञान भन्दा जीवन निर्माणको शिक्षामा जोड दिँदै आएको र चैतन्यले जीवनोपयोगी सिप प्रदान गर्ने समेत बताए । उनले चैतन्यको लक्ष्य प्राप्तिमा अबको दिन अझ उत्कृष्ट र सहज हुने आशा रहेको बताए ।