ट्रम्पले जेलेन्स्कीलाई किन भने ‘तानाशाह’?
काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि गम्भीर आरोप लगाएका छन्। ट्रम्पले जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका हुन्।
जेलेन्स्कीले ‘तानाशाह’ प्रमाणित हुने गरी व्यापक उपद्र मच्चाएको टिप्पणी ट्रम्पले गरेका छन्। उनले जेलन्स्कीमाथि चुनाव गर्न इन्कार गरेको आरोप समेत थोपरेका छन्। फेब्रुअरी २०२२ मा रुसी आक्रमण पश्चात युक्रेनमा मार्शल ल अर्थात् सैन्य शासन लागू भएको छ। जसको अर्थ चुनाव निलम्बित हुनु हो।
जेलेन्स्कीले साउदीमा सम्पन्न अमेरिका–रुस वार्ता लगत्तै ट्रम्पमाथि रुसले बनाएको गलत सूचना घेराबन्दीमा परेको आरोप लगाएका थिए। जुन वार्तामा युक्रेनलाई सामेल गराइएको थिएन। ट्रम्पले भने युक्रेन वार्ताअघि नै पनि सम्झौता गर्न सक्थ्यो, भनी प्रतिक्रिया दिएका छन्। यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत युद्ध अन्त्यको वार्ताका लागि युक्रेनलाई कसैले पनि बाहिर नराखेको बताएका छन्।