कैलालीमा लागुऔषधसहित एक महिला पक्राउ
२०८१ फाल्गुन ३, ०७:३८
कैलालीः कैलालीमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–८ बढैपुर स्थित सोही ठाउँ बस्ने ५३ वर्षीया बेलमतीदेवी शुक्रवार लागुऔषधसहित पक्राउ परेकी हुन्।
बेलमतीले संचालन गरेको नास्ता पसलबाट इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले १ किलो ६६५ ग्राम लागूऔषध बरामद गरेको जनाइएको छ।
कमेन्ट लोड गर्नुस