सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाईते

२०८१ माघ १८, १०:५२ खबर संवाददाता

डोटीः डोटीमा मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाईते भएका छन्।

दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारमा एयरपोर्टबाट पिपल्ला बजार आउदै गरेको चालक दिपायल सिलगढी नगरपालिका-४ बस्ने २६ वर्षीय पवन खड्काले चलाएको से ६ प ७२५७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिदा चालकसहित पछाडी सवार दिपायल सिलगढी नगरपालिका-३ बस्ने २० वर्षीय बिकाश भण्डारी, दिपायल सिलगढी नगरपालिका-५ बस्ने २० वर्षकै दिपेश भण्डारी घाईते भएका छन्। घाईते तिनै जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ। 

कमेन्ट लोड गर्नुस