चेक अनादर मुद्दामा फरार धनगढीका ओझा पक्राउ
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/cheque-bounce_p01JqZZU9l.jpg?itok=GOwOi8im)
२०८१ माघ १५, ०९:०२
धनगढीः चेक अनादर मुद्दामा फरार रहेका धनगढीका धनगढी उपमहानगरपालिका–५ जाईका ४३ वर्षीय सुरेश ओझा पक्राउ परेका छन्।
चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकीएपछि ओझा फरार रहेको थिए। ओझालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरेको छ।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस