सुप समावेशी विद्यालयलाई लायन्स क्लब अफ धनगढी एभरेस्टको सहयोग
धनगढी: कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई सहयोग गरिएको छ।
लायन्स क्लब अफ धनगढी, एभरेस्टले विद्यालयलाई खाद्य सामाग्री सहयोग गरेको हो। लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको सम्झनामा विद्यालयलाई सहयोग गरिएको हो। पौष २२ देखि २९ गतेसम्म जोन्सको सम्झनामा साताव्यापी कार्यक्रम गर्ने कार्यतालिका अनुसार विद्यालयलाई आलु, तरकारी, अण्डा, चना, चिउरा, भुजा र बिस्कुट सहयोग गरिएको छ। सुप समावेशी आधारभूत विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीका लागि सहयोग गरिएको छ।
सुप आधारभूत विद्यालयमा ७५ जना अपाङ्गता भएका विद्यार्थी छन्। उनीहरूको अध्यापनका लागि १४ जना शिक्षक छन्। विद्यार्थीलाई आवाससहितको शिक्षा दिँदै आएको सुप समावेशी स्थानीय र प्रदेश सरकार तथा विभिन्न व्यक्तिको सहयोगमा सञ्चालन गरिएको विद्यालयले बताएको छ।