दार्चुला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी,व्यवस्थापनमा समस्या
२०८१ पुष २४, ०२:४७
दार्चुलाः जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ।
४० जना क्षमता रहेको कारागारमा हाल ८५ जनालाई राखिएको कारागार प्रशासनले जनाएको छ। कारागारका जेलर केशवराज अवस्थीले हाल कारागारमा ५४ कैदी तथा ३१ थुनुवा रहेको बताए। २०४२ सालमा निर्माण गरिएको कारागारमा २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेको छ।
कमेन्ट लोड गर्नुस