परराष्ट्रमन्त्री राणाले आज चिसापानीमा केबलकारको शिलान्यास गर्दै
धनगढीः परराष्ट्रमन्त्री एवं नेपाली काङ्ग्रेस नेतृ आरजु राणा देउवाले आज कैलालीको चिसापानीमा निर्माण गर्न लागिएको केबलकारको शिलान्यासका गर्ने भएकी छिन्। झण्डै ७ अर्बको लागानीमा निर्माण गर्न लागिएको केवुलकारको आज बिहान ११ बजेदेखि शिलान्यासको कार्यक्रम सुरु हुने भएको हो।
केबलकारमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सँगै कैलालीका पूर्व सभापति सूर्यबहादुर थापाको लगानीमा निर्माण गर्न लागिएको हो। परियोजना एक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। परियोजनाको शिलान्यास गर्न परराष्ट्रमन्त्री देउवा हिजो नै सुदूरश्चिम पुगिसकेकि छिन्। उनी आज अन्य कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ।