सुदूर नेपाललाई विश्वसँग जोड्दै

पौरखी हातहरु : श्रृङखला ०१ (भिडियो)

बार्षिक २० लाख आम्दानी गर्ने अत्तरीयाका किसानको कथा

२०७५ वैशाख २७, ०८:०८

प्रदेश नम्वर ७ का अधिकासं वासीन्दाहरु जस्तै कैलालीको गोदावरी नगरपालिका वडा नम्वर २ का मिनराज जोशी पनि रोजगारीका लागि भारत पसे । भारतमा निम्न स्तरको मजदुरी गर्दै जोशीका चार बर्ष विते तर अर्काको देशमा जोशीलाई पसिना बगाएर अझै धेरै बर्ष विताउने मन भने लागेन् । घर फर्कीएर अत्तरीयामा सानो व्यवसाय सञ्चालन गरेका जोशीको मन फेरीयो र कृषक बन्ने रहरर लाग्यो । 
विदेशमै रोजगारी गर्ने सोच बनाएका जोशीको आमा विरामी भएर काठमाडौमा उपचार गर्न जाँदा अस्पतालमै अर्की विरामी आमासंग भेट भयो । चार छोरा ति विरामी आमाको अस्पतालमा स्याहार गर्नलाई भने एउटा पनि छोरा थिएन् । काठमाडौमै घर भएपनि छोराहरु सबै रोजगारीका लागि विदेशमा रहेका कारण ति आमाले स्याहार गर्न कसैको पनि साहारा नपाएको दृष्य देखेर जोशीको विदेश जाने सोच नै परिवर्तन भयो । 
तीन बर्ष अगाडी सुदुरपश्चिम कृषी तथा पशु विकास फर्म दर्ता गरेर गाई र भैसी पालमा होमीएका जोशी अहिले कैलाली जिल्लामा सफल कृषकको सुचिमा पर्छन । पशुपालनबाट कृषी पेशामा होमीएका जोशीका पौरखी हातहरु अहिले चारै तिर फैलीएका छन् । त्यसैले कृषी पेशा सुरु गरेको तीन बर्षमै जोशीले पशुपालनबाट घास खेती, तरकारी खेती र व्यवसायीक रुपमा अन्न खेती पनि सुरु गरिसकेका छन् । 
अहिले जोशीले होलीस्टेन र जर्सी जातका १५ वटा गाई, मुर्रा र लोकल जातका १६ वटा भैसी, बोयर, जमुरा पारी र खरी जातका १ सय ५ वटा बाख्रा, १८ विगाह क्षेत्रफलमा घास खेती, बेमौसमी तरकारी खेती र मौसमी रुपमा गहुँ र धान खेती गर्दै आउका छन् ।  व्यवसायिक पशुपालनमा सक्रिय जोशीले दैनिक दुध विक्री गर्दै आएका छन भने घास पनि विक्री भईरहेको छ । गहु र धान पनि विक्री गर्दै आएका जोशीले यसै बर्षदेखि सुरु गरिएको तरकारी खेतीबाट पनि मनग्य आम्दानी हुनेमा जोशी परिवार विश्वस्त छ । 
७ जनालाई रोजागरी दिईरहेका जोशीले आफ्नै छोरालाई कृषी प्रावीधीक अध्ययन गराएर व्यवसायीक रुपमा कृषी पेशामै जिवन विताउने प्रण लिएका छन् । गोदावरी नगरपालिका वडा नम्वर २ को बनखेत र तेघरीमा गरि २० विगाह जग्गा भाडामा लिएर व्यवसायिक कृषी खेती सुरु गरेका हुन् । जोशी अहिले राष्ट्रपती उत्कृष्ट कृषक पुरष्कारका लागि क्षेत्रीय स्तरबाट छनौट भएका छन् । बार्षिक ५ लाख भाडा तिर्दै आएका जोशीको आम्दानी बार्षिक २० लाख भन्दा बढि छ । 
विदेशमा पसिना बगाउनु भन्दा आफ्नै क्षेत्रमा स्वरोजगारका थुप्रै सम्भावनालाई उजागर गर्न जोशी परिवारले युवाहरुलाई सुझाव दिएका छन् । 

कमेन्ट लोड गर्नुस