सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलामा चार सय रूपैयाँले बढ्यो 

२०८१ पुष १, ०१:०२ खबर संवाददाता

काठमाडौँः सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला १ लाख ५० हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। सोमबार प्रतितोला १ लाख ५१ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला १ हजार ८४० रूपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस