सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिजाब नलगाएर गीत गाउने इरानी गायिका पक्राउ

२०८१ मंसिर ३०, ०६:०० खबर संवाददाता

एजेन्सीः भर्चुअल गीत गाएको आरोपमा इरानमा २७ वर्षीय गायिका परस्तु अहमदी पक्राउ परेकी छन्। गायिकाले गीतको समयमा हिजाब लगाएकी थिइनन् र उनले यो भिडियो सोशल मिडियामा पोस्ट गरेकी थिइन्।

उनको गीतलाई अहिलेसम्म १५ लाखभन्दा बढीले हेरिसकेका छन् र सुनिसकेका छन्। मिडिया रिपोर्टका अनुसार गायिकाको पहिचान परस्तु अहमदीको रूपमा गरिएको छ। परस्तुलाई शनिवार इरानको सारी शहरबाट पक्राउ गरिएको हो। परस्तुले आफ्नो गीतको भिडियो युट्युबमा शेयर गरेपछि बिहीवार परस्तुविरुद्ध मुद्दा दर्ता भएको हो।

भिडियोमा परस्तु कालो स्लिभलेस पहिरनमा परफॉर्म गरिरहेको देखिन्छ। सञ्चारमाध्यमका अनुसार परस्तुको पछाडि उभिएका चार संगीतकारविरुद्ध पनि मुद्दा दर्ता भएको छ। उनीहरुमध्ये दुई जनालाई राजधानी तेहरानबाट पक्राउ पनि गरिएको छ। इरानमा महिलाहरूले हिजाब लगाउन अनिवार्य छ र इरानले यो नियम पालन नगर्ने महिलाहरू विरुद्ध कडा कारबाही गर्ने गरेको छ। 
 

कमेन्ट लोड गर्नुस