कैलालीको भजनीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको भजनी नगरपलिका-६ नवलपुर र थपापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५९ हजार ३ सय मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त स्थानबाट चिनी, सुपारी, हरियो खुर्सानी, बिडी, सुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।