सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मनाइयो गिता जयन्ती 

२०८१ मंसिर २७, ११:३८ खबर संवाददाता

धनगढीः धनगढीमा गिता जयन्ती मनाइएको छ। श्रीमद् भगवद् गितामा आधारित अध्यत्मिक ज्ञान र संस्कृतिको वितरण तथा हरे कृष्ण महामन्त्रको किर्तन गर्दै इस्कोन धनगढीले बिहीवार धनगढीमा गिता जयन्ती मनाएको हो।

करोडौं योद्धाहरूको बिच उभिएर युद्ध गर्ने वा भागेर जाने, मर्ने कि मारिने दुविधा मा परेका, आफ्नै नातेदारहरु सँग युद्ध गर्नुपर्ने धर्मसंकटमा परेका सर्वश्रेष्ठ धनुर्धरी अर्जुन केही सोच विचार नै गर्न नसक्दा भगवान् श्रीकृष्णको शरणमा पर्दा ५१६१ वर्ष पूर्व कुरुक्षेत्रको युद्धस्थलमा मोक्षदा एकादशीको दिन भगवान श्री कृष्णले श्रीमद् भगवद् गिताको ज्ञान अर्जुनलाई प्रदान गरेका थिए।

त्यही गिताको ज्ञान आज विश्व भरिका गहन अध्यनको विषय बनेको छ। नेपालमा संस्कृत विषयलाई मूल पाठ्यक्रमबाट हटाइराख्दा पश्चिमा राष्ट्रका प्रतिष्ठित विश्वविद्यालयहरुमा संस्कृत शिक्षाका साथै गिताको अध्ययन अध्यापन भइरहेको छ। गिता र संस्कृत शिक्षालाई विश्वव्यापक बनाउनमा इस्कोनका संस्थापक अचार्य ए .सी. भक्तिवेदान्त स्वामी प्रभुपादको ठूलो भुमिका रहेको छ।

सुदूरपश्चिमका जनता माझपनि श्रीमद् भगवद् गिता मा आधारित अध्यत्मिक ज्ञान र संस्कृतिको वितरण गर्दै अध्यत्मिक जिवन शैलीको प्रशिक्षण दिदै आएको इस्कोनले गिताको प्रदुर्भाव भएको दिनलाई नेपाली माझ पुनः चिनाउन झाँकी सहितको र्‍याली आयोजना गरेको थियो। र्‍यालीसहित इस्कोन धनगढी केन्द्रमा पुगेर सामुहिक गिता पाठ समेत गरिएको थियो।

साथै श्रीमद् भगवद् गिताको प्रवर्दनका लागि गिताको तुला दानको आयोजना गरिएको थियो। इस्कोन धनगढीका साधु सुकदेव गस्वामीका अनुसार विदेशी व्यक्ति गिता तथा भागवत् अध्ययन गरी वैद्धिक जीवनशैली अपनाइ रहेका छन् र अज्ञानबाट ज्ञानको प्रकाशमा आनन्दित जीवन व्यतित गर्दै छन्। तर हामी भने हाम्रो अध्यत्मिकता सम्पत्तिलाई छोडेर खुसी हुने प्रयास गरिरहेका छौं। यही गिता भागवत् रूपी अध्यत्मिक धनलाई नेपाली जनताहरु माझ पुनः फिर्ता गर्न इस्कोन धनगढी लागि परेको छ।

कमेन्ट लोड गर्नुस