रवि लामिछानेलाई उच्च रक्तचाप
काठमाडौँः सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उक्त रक्तचाप देखिएको छ।
बुधवार पर्साबाट काठमाडौं हुँदै पोखरा विमानस्थल ल्याएपछि स्वास्थ्य परीक्षण गर्दा उनलाई रक्तचाप बढेको देखिएको रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले बताए। उनका अनुसार लामिछानेलाई रक्तचाप १७० (सिस्टोलिक) र १०० (डायस्टोलिक) देखिएको हो। फिस्टेल हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले भर्ना गर्नुपर्छ भनेको रास्वपाका नेताहरूले बताएका छन्।
यद्यपि, लामिछाने भने हिरासतमा नै फर्किएका छन्। उनीमाथि आइतवार थपिएको म्याद बुधवार सकिएको छ। बिहीबार पुनः उनलाई म्याद थपका लागि अदालत लगिनेछ। रवि २ कात्तिकमा काठमाडौंको वनस्थलीस्थित आफ्नै पार्टी कार्यालयबाट पक्राउ परेका थिए।