सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँसँग लुम्बिनी लायन्स पराजित भएसँगै प्लेअफबाट बाहिर

फाइल फोटो
फाइल फोटो
२०८१ मंसिर २६, ०५:१० खबर संवाददाता

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग पराजित भएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज बुधवार भएको खेलमा काठमाण्डू गुर्खाजले लुम्बिनी लायन्सलाई हराएको छ। १८ रनले पराजित भएसँगै लुम्बिनी ‘प्लेअफ’ होडबाट बाहिरिएको छ। ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार ब्होरेको छ।

काठमाण्डूको भने ४ खेलमा दोस्रो जित हो। उसले ४ अंक जोड्दै प्लेअफ सम्भावना कायम राखेको छ। काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो। लुम्बिनीका लागि सन्दिप जोराले २९ बल खेल्दै २ चौका मद्दतमा सर्वाधिक २६ रन बनाए।

उन्मुक्त चन्दले १४ रन जोडे। सूर्य तामाङले अविजित ११ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा काठमाण्डूका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। दिपेश कँडेलले ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए।

जेरार्ड एरासमसले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए भने रासिद खानले १ विकेट लिए। शाहब आलमले विकेट नलिएपनि ४ ओभरमा १० रन मात्र खर्चिए। त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डूले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो।

काठमाण्डूका लागि भीम शार्कीले सर्वाधिक ३१ रन बनाए। यस्तै डान डौथवेटले २१, प्रतीक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाए। बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। रामोन सिमोण्ड्स र अभिशेष गौतमले २–२ विकेट लिए। सूर्य तामाङ र विवेक यादवले समान १ विकेट झारे।
 

कमेन्ट लोड गर्नुस