जनकपुरलाई हराउँदै शीर्षस्थानमा सुदूरपश्चिम
धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्सलाई हराउँदै शीर्षस्थानमा उक्लीएको छ। यस अघि चार खेलमा अपराजित रहँदै जनकपुर शीर्ष स्थानमा थियो।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। सुरूमा ब्याटिङमा आएको सुदुरले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो। १२४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पावरप्लेमा ५ विकेट गुमायो।
जनकपुर १२ ओभरमा सबै विकेट गुमाएर अलआउट हुँदै जम्मा ५१ रन बनाउँदा सुदुरसँग ७२ रनले पराजित भएको हो। जनकपुरका लागि जोसुया ट्रम्प १३, लाहिरू मालिन्था ७, हर्ष ठाकर ५, जेम्स निसम, ललित राजवंशी, आशिफ शेख समान ४, अर्निको यादव १, कप्तान अनिल साह, शुभ कन्सकार र शेर मल्ल शून्यमा आउट भए।
सुदुरका लागि हर्मित सिंह, इसान पाण्डे र दिपेन्द्रसिंह ऐरी समान २, स्कट कुगेलेइन, सैफ जेव, र नरेन साउदले एक विकेटले लिए। जनकपुरका किशोर महतोले १७ ओभरमा तीन विकेट र १९ ओभरको पहिलो बलमा थप एक विकेट लिएपछि सुदुरपश्चिम सस्तैमा समेटिएको थियो।
सुदुरका लागि विनोद भण्डारी ३३, सैफ जेव २१, ब्राण्डेन म्याकलेन ११, स्कट कुगेलेइन ७, आरिफ शेख ६ र नरेन साउदले ३ रन बनाए। हर्मित सिंह एक रन थप्दादिपेन्द्रसिंह ऐरी शून्यमा आउट भए। नरेश बुढायर ९ र अविनास बोहरा २ रनमा अविजित रहेका थिए। जनकपुरका लागि शेर मल्ल र अर्निको यादव समान २÷२, हर्ष थाकरले एक विकेट लिए।