सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिरियाका राष्ट्रपति बसरअल राजधानी छाडेर भागे

२०८१ मंसिर २३, ०५:३८ खबर संवाददाता

एजेन्सीः सयुंक्त अरब इमिरेटसका कूटनीतिज्ञका अनुसार बिद्रोहीले राजधानी कब्जा गरे पछि भागेका सिरियाल राष्ट्रपति बसर अल असद अबुधाबीमा शरण खोजिरहेको बताएका छन्।

अचानक बिद्रोहीले सहर कब्जा गरेपछि सिरियाका राष्ट्रपति बसर अल असद कथित रूपमा देशबाट भागेका छन्। तर, उनको ठेगाना भने खुल्न सकेको छैन। त्यहाँका प्रधानमन्त्रीले  पनि राष्ट्रपति कहाँ छन् भन्ने बारेमा केही थाहा नभएको बताएका छन्।

तर, संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकारले असद युएईमा छन् कि छैनन् भन्नेमा आफू अनिश्चित रहेको बताएका छन्। बहराइनको मनामा संवादमा पत्रकारहरूसँग कुरा गर्दै युएइका कुटनीतिज्ञ अनवर गर्गासले असदले युएईमा शरण लिन सक्ने अनुमान गरेका छन् तर उनले प्रस्ट रूपमा केही भनेका छैनन्।
 

कमेन्ट लोड गर्नुस