सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर
२०८१ मंसिर २१, १०:३३ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते भएका छन्।

आयुष भट्टले चलाएको सुदूरपश्चिम प्रदेश ०१०११ प ९७९२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलमा सवार रहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का मानबहादुर चौधरी घाइते भएका छन्।

यस्तै सोहि मोटरसाइकलको ठक्करबाट भारतिय नम्बर प्लेट युके ४ एजी ३२२४ नम्बरको मोटरसाइकलका चालक गोदावरी–५ का पदम खड्का घाइते भएका छन्। घाइते दुबै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। 


 

कमेन्ट लोड गर्नुस