धनगढीमा मोटरसाइकल ठोक्किदा तीन जना घाइते
धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल ठोक्किदा तीन जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–७ स्थित पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको कञ्चनपुरको बेलौरी नगरपवालिका–४ का सुरेन्द्रप्रसाद चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प १९९१ नम्बरको मोटरसाइकल र धनगढी–७ का हिरालाल चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१०१२ प ९२०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परेर चालक हिरालाल, मोटरसाइकल पछाडि सवार रहेका कैलारी गाउँपालिका–७ का रत्नधन चौधरी र रामसमझ चौधरी घाइते भएको प्रहरी निरीक्षक दर्शन खड्काले बताए। घाइते तीनै जनाको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।