सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल अनिन्त्रित हुँदा दुई जना घाइते

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर
२०८१ मंसिर २०, ०६:३९ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल अनियन्त्रित हुँदा दुई जना घाइते भएका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–६ का सन्जु चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ५५०५ नम्बरको मोटरसाइकल अनिन्त्रित भइ ठेलासँग ठोक्किएर दुई जना घाइते भएका छन्।

घाइते हुनेमा मोटरसाइकल चालक चौधरी र ठेला चालक भारतको तिकुनीया घर भइ घोडाघोडी–१ बस्दै आएका अभिषेक गुप्ता रहेको प्रहरीले जनाएको छ। घाइते दुबै जनाको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस