सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस–एमाले गठबन्धनका साझा उम्मेदवारलाई हराउँदै माओवादीकी नरपुरा विजयी

फाइल फोटो
फाइल फोटो
२०८१ मंसिर १७, ०६:१७ खबर संवाददाता

काठमाडौंः रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन्।

कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन्। बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाइन्।

एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धामा थिइन्। यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो।

त्यसबेला पनि यहाँ कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन्। बागुलुङमा भएको दुर्घटनामा उपाध्यक्ष भूपेन्द्रासँगै वडानम्बर २ का वडाध्यक्ष जयबहादुर सीर्पालीको पनि निधन भएको थियो। वडाध्यक्षको उपनिर्वाचनमा भने माओवादीकै जीतबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।

कमेन्ट लोड गर्नुस