सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्वाचित भएको प्रमाणपत्र प्रदान

२०८१ मंसिर १७, १२:४४ खबर संवाददाता

कैलालीः जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुललाई आइतवार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ। निर्वाचन अधिकृत प्रेमराज भट्टले उनलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन्।

उनलाई आइतवार जिल्ला अदालतमा आयोजित समारोहमा न्यायाधीश दण्डपाणी लामिछानेले पद तथा गोपनीयताको सपथ गराए। जिसस प्रमुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीका रुपमति डगौरा थारुले यसअघि नै उम्मेदवारी फर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। भुल नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाको दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन्।

कांग्रेसबाट निर्वाचित जिसस प्रमुख पदमबहादुर कलेलको निधनभएपछि यो पद रिक्त भएको थियो। प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुखसमेत रहेका निर्वाचन अधिकृत भट्टले सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका पदका लागि आइतवार भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिए। 

 

कमेन्ट लोड गर्नुस