सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान

२०८१ मंसिर १३, ०१:२९

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गरेकी छन। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी हुन।  

डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गरेकी हुन। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका छन। 
भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्। सो भेटवार्ता शुक्रवार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।   

चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरूप उनी आज चीन जानुभएको हो। प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै छन। परराष्ट्रमन्त्री डा राणा यही मङ्सिर १५ गते स्वदेश फर्किने छन। 


 

कमेन्ट लोड गर्नुस