सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक सफा राख्न सवारीचालकलाई धनगढीमा सचेत कार्यक्रम

२०८१ मंसिर १२, ०६:५३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उप–महानगरपालिकाले सडक सफा राख्न सवारीचालकलाई सचेत कार्यक्रम गर्न थालेको छ।

धनगढी–१३ मा रहेको प्रवेश द्वार नजिक यात्रुहरूलाई सडकमा फोहर नफाल्नका लागि सार्वजनिक सवारी साधनहरूलाई रोक्दै यात्रुहरू तथा चालकलाई जथाभावी सडकमा फोहर नफाल्ने नगरपालिकाले सचेत गराइरहेको छ।

यस पहलले सार्वजनिक यातायातका यात्रुहरूलाई सडकमा सफा राख्नका लागि जिम्मेवार बनाउने उद्देश्य धनगढी उप–महानगरपालिकाले राखेको छ। स्थानीय प्रशासनले सहयोग गर्न सबैलाई अनुरोध गरेको छ। यो प्रयासलाई धनगढीको सफाइ र समग्र पर्यावरण सुधारका लागि महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

कमेन्ट लोड गर्नुस