धनगढीमै छ ‘मिनि चिडियाखाना’, तर बाघलाई दिने आहारा छैन
वीरेन्द्र भट्ट, धनगढीः कैलालीको धनगढीमा मिनि चिडियाखाना छ। तर यो चिडियाखानाको बारेमा धेरैलाई जानकारी छैन।
धनगढी उपमहानगरपालिका–४ शिवपरी धाम नजिकै सानो चिडियाखाना छ। घाइते र टुहुँरा वन्यजन्तुका लागि मिनि चिडियाखानाको रुपमा शिवपुरी सामुदायिक वनभित्र उद्दार केन्द्र स्थापना गरिएको छ। मिनि चिडियाखानाको रुपमा रहेको उद्दार केन्द्रमा भौतिक पूर्वाधारदेखि घाइते र टुहुरा वन्यजन्तुलाई आहारा खुवाउन भने समस्या भइरहेको छ।
सानो चिडिया खानाको रुपमा रहेको सो केन्द्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरेर आय–आर्जन गर्न सकिने प्रबल संभावना छ। शिवपुरी सामुदायिक वनभित्र एउटा सानो चिडिया खाना स्थापना गरिएको हो। त्यहाँ बाघदेखि निलगाईसम्म राखिएको छ। चौमालाबाट उद्दार गरिएको चरी बाघ मिनी चिडियाखानामा राखिएको छ। तर बाघले खाने आहारा मासुको उचित व्यवस्थापन कहिँकतैबाट हुन सकेको छैन्।
घाइते अवस्थामा उद्दार गरिएको चरी बाघले समयमा आहारा समेत पाउन सकेको छैन्। त्यही चिडियाखानामा एउटा टुहुँरो निलगाइको बाच्छो र चार वर्ष उमेरको भाले निल पनि छ। तर पर्याप्त आहाराको कमीले पालनपोषमा समस्या भइरहेको शिवपुरी सामुदायिक वन उभोक्ता समितिका कार्यालय सचिव दक्ष्मणदत्त विष्टले बताए।
शिवपुरी धाम नजिकै रहेको सो मिनी चिडियाखानामा तीन पोथी र एउटा भाले गरेर चारवटा बयस्क चित्तल तथा एउटा भाले र एउटा पोथी गरेर २ वटा चित्तलका बच्चा समेत छन्। सो चिडियाखानामा एउटा कछुवा र ६ वटा राज हाँस समेत छन्। तर घाइते र टुहुरा ती वन्यजन्तुको उचित रुपमा व्यवस्थापन भने हुन सकेको छैन्।
चरी बाघ राखिको खोरमा रुख ढलेर टिन समेत भाच्चिएको छ। खोर पुनः निर्माण गर्न समेत समस्या भइरहेको कार्यालय सचिव विष्टले बताए। ६० दशमलव ५६ हेक्टर क्षेफलमा फैलिएको शिवपुरी सामुदायिक वनको एउटा सानो क्षेत्रफलमा २०७७ सालमा डिभिजन वन कार्यालय धनगढीको सहयोगमा घाइते तथा टुहुरा वन्यजन्तुको उपचार र उद्दार गरेर राख्न केन्द्र स्थापना गरिएको उनले बताए।
तर घाइते वन्यजन्तु ठिक भइसकेका छन भने टुहुरा वन्यजन्तु ठुला भइसकेका छन्। केन्द्रलाई चौतर्फी घेरबार गरेर आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश र स्थानीय सरकारले सहयोग गरे आम्दानीको बाटो समेत खुल्ने उनी बताउँछन्। शिवपुरी धाममा धाम पुग्ने धार्मीक पर्यटकको संख्या बढ्दै गएका बेला त्यही नजिकै रहेको मिनि चिडियाखाना भने ओझेलमा परेको छ। यसको संरक्षण र विकासका लागि अहिलेसम्म कहिँकतैबाट पहल हुन सकेको छैन।