दार्चुलामा १७ जना सवारी चालकलाई कारबाही
२०८१ मंसिर ९, ०८:४०
दार्चुलाः दार्चुलामा १७ जना सवारी चालकलाई कारबाही गरिएको छ।
जिल्लाका विभिन्न सडक खण्डमा जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी चालकलाई कारबाही गरेका हुन्।
सवारी साधन चेक जाँच गर्दा भाडाका सवारीमा सिट क्षमता भन्दा बढि यात्रु बोकेका ५ वटा सवारी चालकसहित जम्मा १७ वटा सवारी चालकलाई कारबाही गरीएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस