सुदूर नेपाललाई विश्वसँग जोड्दै

मृतक युवकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध राजमार्ग खुल्यो

२०८१ मंसिर ४, ०१:५९ खबर संवाददाता

डोटीः मृतक युवकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध केआइसिंह राजमार्ग खुलेको छ।

मृतकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध गरिएको राजमार्ग सुचारु भएको हो। सोमबार रातिदेखि अवरुद्ध राजमार्ग मंलगबार मध्यान्ह १२ बजेदेखि सूचारु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सन्दिप शाहका अनुसार पीडित परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि राजमार्ग खुलेको हो।

जिल्लाको दिपायल–सिलगढी नगरपालिका–१ मा मृतकका आफन्तले सडक अवरुद्ध पारेका थिए। शनिबार शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको बोलेरो जिपले सुदूरपश्चिम प्रदेश ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार दिपायल–सिलगढी गरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको थियो।

सो जिप भरत सिंहले चलाएका थिए। चालकलाई प्रहरी नियन्त्रणमा छ। सोही विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गरेका थिए। घाइते साउँदको शनिवार उपचारका क्रममा मृत्यु भएको थियो। सोहि विषयलाई लिएर मृतका आफन्त आन्दोलित भएका थिए।

कमेन्ट लोड गर्नुस