सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा कार दुर्घटना हुँदा ३५ जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०८१ कार्तिक २७, ०८:१२ खबर संवाददाता

एजेन्सीः दक्षिणी चीनको झुहाई शहरमा सोमवार साँझ एउटा कारले पैदल यात्रुहरूलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलवार जानकारी दिएको छ। सोमवार नै यो घटनाको जानकारी दिइएको थियो।

तर त्यस बेला प्रहरीले केही मानिसहरू घाइते भएको मात्र बताएका थिए भने सामाजिक सञ्जालबाट घटनाका भिडियोहरू हटाइएको देखिन्थ्यो। तर मङ्गलवार प्रहरीले झुहाई खेलकुद केन्द्रमा ‘गम्भीर र दुर्भावनापूर्ण आक्रमण’ भएको र मृतकको सङ्ख्या ३५ पुगेको खुलासा गरेको छ।

फान उपनामले चिनिने ६२ वर्षीय चालकले ‘एउटा सानो एसयुभी गेटबाट भित्र चलाएर शहरको खेलकुद केन्द्रमा प्रवेश गरी खेलकुद केन्द्रको भित्री सडकमा व्यायाम गरिरहेका मानिसहरूलाई ठक्कर दिएको’ प्रहरीले विज्ञप्तिमा जनाएको छ।
 

कमेन्ट लोड गर्नुस