सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा क्षमताभन्दा बढी यात्रु बोक्ने जिप चालकलाई कारबाही

२०८१ कार्तिक २२, ०५:४३ खबर संवाददाता

दार्चुलाः दार्चुलामा क्षमताभन्दा बढी यात्रु बोक्ने जिप चालकलाई कारबाही गरिएको छ। सुदूरपश्चिम प्रदेश ०४००१ ज ००५ नम्बरको बोलेरो जिपले क्षमताभन्दा बढी यात्रु ओसार्ने काम गरेपछि कारबाही गरिएको हो।

जिप चालकलाई जिल्ला ट्राफिक कार्यालय दार्चुलाले जरिबाना भराएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अनुसार कारबाही गरेर छोडिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जिप चालक दिपक धामीलाई क्षमताभन्दा बढी यात्रु ओसारपसार गरेको भन्दै एक हजार पाँच सय रुपैयाँ जरिबाना गरिएको छ।

May be an image of ticket stub and text

कमेन्ट लोड गर्नुस