सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते प्रदर्शन हुँदै

२०८१ कार्तिक १९, ०९:३० खबर संवाददाता

चलचित्र ‘ह्रस्व–दीर्घ’ कात्तिक ३० गते प्रदर्शन हुने भएको छ। नेपाली,हिन्दी र अन्य भाषामा एकैदिन उक्त चलचित्र प्रदर्शनको तयारी गरिएको छ। चन्द्र पन्तको निर्देशन रहेको उक्त चलचित्रमा नेपाल र भारतका लोकप्रिय कलाकारहरूको अभिनय छ।

सोमवार धनगढीमा पत्रकारहरूसँगको भेटघाटमा निर्देशक पन्तले फरक कथावस्तुका साथ ह्रस्व दीर्घ उत्कृष्ट चलचित्र बनेको दाबी गरे। ज्योतिष समेत रहेका नायक हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गानाको अभिनयमा रहेको चलचित्रमा अभिनेत्री विपना थापा पनि लामो समयपछि देखिँदै छिन्।

चलचित्रमा हरिहर र नितासँगै, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्द, बलिउड कलाकार प्रदीप रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ। विश्वकै ठूलो मानिएको भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा चलचित्रको छायाङ्कन गरिएको छ।

अभिनेता हरिहरद्वारा लिखित फिल्ममा कवीरलालको छायाङ्कन, डी गुरुङको सम्पादन, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ। यो फिल्म नीता फिल्म्सको ब्यानरमा निर्माण भएको हो।
 

कमेन्ट लोड गर्नुस