भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु
एजेन्सीः भारतको उत्तराखण्डमा सोमवार बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ।
प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे भएको हो। मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो।
दुर्घटनामा गम्भीर चोट लागेका तीन जनालाई हवाइ उद्धार गरी देहरादुन लगिएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडा बजार नजिकैको जंगलमा भएको उक्त दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताएका छन्।