प्रवीण र शिशिरको मुख्य भूमिकामा फिल्म ‘डोरी’ बन्ने
काठमाडौँः थ्रिलर, एक्सन र कमेडी जनरामा फिल्म ‘डोरी’ बन्ने भएको छ। तिहारको अवसरमा फिल्मको घोषणा गरिएको हो।
जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन्। यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर चलचित्र हो। यस फिल्मको मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय रहनेछ।
मुख्य अभिनेत्री चयनको प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ। यस चलचित्रमा प्रमुख भूमिका निभाउने मध्येका एक कलाकार राज पौडेलले यही चलचित्रमार्फत चलचित्र अभिनयमा डेब्यू गर्दैछन्।
निर्देशक लामाले यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ शैलीको कथा प्रस्तुत गर्ने बताएका छन्।