सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा उडुस रोग किराको बिगबिगी, आइसीयू ‘बि’का कुरुवा हैरान

२०८१ कार्तिक १५, १०:२१ कमल सावद

धनगढी : डडेल्धुराको परशुराम नगरपालिका–१० पौछ्याडीका गौरीलाल बोहरा सेती अस्पताल आएका बुधवार तीन दिन भयो। सेती अस्पतालको सघन उपचार कक्ष (आइसीयू) ‘बि’मा बिरामी उनका छोरा छन्। तीन दिनदेखि उनी सघन उपचार कक्षको कुरुवा घरमा बस्दै आएका छन्।

तर, रातिको समयमा फोहरका कारण शरीर चिलाउने र उडुस रोग किराले खान थालेपछि बोहरा हैरान भएका छन्। उनले भने, ‘तीन दिनदेखि अस्पतालमा छु। कुरुवा घरमा समस्या छ। बिरामीलाई पनि समस्या छ। अस्पतालमा फोहोर छ। फोहोरले भरिएको छ। सरसफाइ गरिएको छैन।’

सेती प्रादेशिक अस्पतालमा उडुसको बिगबिगी भएको हो। अस्पतालको पुरानो भवनमा उडुस लगायतका रोग किराका कारण बिरामी र कुरुवा हैरान भएका छन्। सेती प्रादेशिक अस्पतालले सरसफाइ तथा मर्मत नगर्दा सघन उपचार कक्षमा भर्ना भएका बिरामीका कुरुवा बस्न सकिने अवस्था छैन। अस्पताल प्रशासनले पुरानो तथा जीर्ण रहेको भवनमा कुरुवा घर निर्माण गरेको भएपनि सरसफाइ तथा मर्मत गरिएको छैन। अस्पताल प्रशासन र विकास समितिले बेवास्ता गरेपछि बिरामीका कुरुवा आफैले सरसफाइ गरेका छन्। सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (बि)मा बिरामी रहेका एक कुरुवाले भने, ‘म कुरुवा हो। हामी तीन दिनदेखि यही छौ। खटमलले हैरान भयो। फोहोरले चिलाउने पनि हुन्छ। एक जनाले पेन्ट ल्याउनु भयो। हामीले सरसफाइ गरेका छौ।’

अस्पतालमा सरसफाइ कर्मचारी भएपनि प्रशासनको बेवास्ताका कारण आइसियूमा उपचाररत बिरामीका कुरुवाहरू हैरान भएका हुन्। उनीहरूले बुधवार पुरानो घरको सरसफाइ तथा रङ्गरोगनको काम गरेका छन्। उनले भने, ‘सेतीलाई खबर गरेका हौ। तर, वास्ता गर्नु भएन। रातिको समयमा बुढापाका, बालबालिका सबै यहाँ बस्नु पर्ने हुन्छ। तर, फोहोर र उडुस किराका कारण चिलाउने र शरीरमा फोका हुन्छन।’

सेती प्रादेशिक अस्पतालमा उडुस रोग किराको बिगबिगी छ। अस्पताल प्रशासनले सरसफाइ तथा पुराना भवनहरू मर्मत नगरेकाले बिरामीका कुरुवा उडुस रोग किराबाट हैरान भएका छन्। रातिको समयमा उडुस रोग किराका कारण बिरामीका कुरुवा हैरान भएका हुन्। सेती प्रादेशिक अस्पतालको कुरुवा घरमा लामखुट्‍टे र उडुसका कारण निकै सास्ती खेप्नु परेको बिरामी कुरुवाहरूको गुनासो छ। एक कुवाले उडुस किराहरूको तस्बिरसमेत खिचेको बताए। उनले भने, ‘अस्पताल भरी यस्तै छ। बस्नै नसकिने भएपछि हामीले सरसफाइ गर्दै छौ।’

सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षको कुरुवा घरमा फोहर र उडुस किराले भरिएपछि कुरुवा आफैले सरसफाइ तथा रङ्गरोगन समेत गरेका छन्। सघन उपचार कक्षमा बिरामी रहेका कुरुवाहरूले मिलेर रङ्ग खरिद गरेर आफै रङ्गरोगनको काम गरेका हुन्। अस्पताल प्रशासन र विकास समितिले बेवास्ता गरेपछि उनीहरूले आफै सरसफाइ र रङ्गरोगनको काम गरेका हुन्। यता, सेती प्रादेशिक अस्पतालका मेसु शेरबहादुर कमरले पुराना र गिर्ण भएको भवन भत्काउने तयारीमा रहेकाले सरसफाइ नगरेको प्रतिक्रिया दिएका छन। उनले भने, ‘पुराना भवन हो। हामीले भत्काउने भनेका छौ। पुरानो भएकाले पनि फोहोर हो। बिरामीका कुरुवाको गुनासो आएपछि सरसफाइ गरेका छौ।’

सेती प्रादेशिक अस्पतालको ठुलो बजेट मर्मत सम्भार र सरसफाइमा खर्च हुने गरेको छ। तर, अस्पतालको पुरानो भवन तथा आइसीयू कक्ष क्षेत्रमा फोहरले बिरामी तथा कुरुवा हैरान भएका छन

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस