राप्रपाकी नेतृ कुन्तिले नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने
काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य कुन्तिदेवी पोखरेलले साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा गोल गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी छिन्।
उनले बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबिचको फाइनल खेलमा गोल गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी हुन्। नेपाली महिला खेलाडीलाई प्रोत्साहन गर्नका लागि आफूले नगदसहित सम्मान गर्न लागेको उनले बताइन्।