सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेबाट भीमदत्त नगरपालिका–६ को वडाअध्यक्षमा चन्दले उम्मेदवारी दिने

२०८१ कार्तिक ११, ०१:१० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि एमालेले उम्मेदवार टुंगो लगाएको छ।

आगामी मंसिर १६ गते यहाँ उपनिर्वाचन हुँदै छ। एमाले वडा पालिकाबाट वडाध्यक्षका लागि सिफारिस भएका चन्दलाई जिल्ला कमिटीले सदर गरेको छ। उप–निर्वाचनका लागि यसअघि एमालेले वडाध्यक्षमा बहादुर चन्द र राजेन्द्र आग्री दुईजनाको नाम सिफारिस गरेको थियो। एमाले भीमदत्त नगरपालिकाका अध्यक्ष हिमाल चन्दले वडाबाटै आएका आकांक्षीका आधारमा बहादुर चन्दलाई पार्टीले उम्मेदवार चयन गरेको बताए।

शनिबार एमाले जिल्ला पार्टी कार्यालयमा कञ्चनपुरका इन्चार्ज निरुदेवी पाल, अध्यक्ष लक्ष्मी बुढासहितका नेता तथा कार्यकर्ताहरूले निर्वाचनमा खटिने उम्मेदवारलाई बधाई ज्ञापन गरेका छन्। वडाध्यक्षको टिकट पाएका एमाले उम्मेदवार बहादुर चन्दले अब जनताको घरमा होमिने बताए। गत वर्ष कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको छ।

कमेन्ट लोड गर्नुस