सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुक्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध

२०८१ कार्तिक ११, ११:३५

बझाङः  बझाङमा सुक्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ।

छविसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो।

दुई साताअघि पनि सोही ठाउँमा सुक्खा पहिरो खस्दा पाँच दिनसम्म सडक अवरुद्ध बनेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन्। उनले भनिन्, पटकपटक खस्ने सुक्खा पहिरोले जिल्लाको यातायात सेवा प्रभावित हुँदै आएको छ।पहिरो पन्छाउने काम भइरहेको उनको भनाई छ।

कमेन्ट लोड गर्नुस