सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपराष्ट्रपति यादव अस्पताल भर्ना

२०८१ कार्तिक ७, ०८:४६ खबर संवाददाता

काठमाडौँ: उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलवार साँझ भर्ना भएका हुन्।

उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ। उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए। उनको शल्यक्रिया प्राध्यापक डा. रमेशसिंह भण्डारी र सहप्राध्यापक डा.सुमिता प्रधानले गर्नेछन्। 
 

कमेन्ट लोड गर्नुस