सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेमाथि अनुसन्धान गर्न सीआईबीका डीएसपी सुन्दरलाई पठाइयो

२०८१ कार्तिक ६, ०९:४२ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी सुन्दर तिवारीलाई पठाइएको छ।

सुर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न दुईजना अधिकृतहरु यसअघि नै पोखरामा गएर काम गरिरहेका छन्। अनुसन्धानमा सहजीकरण गर्न अहिले तिवारीलाई पठाइएको सीआईबीका एआईजी दिपक थापाले जानकारी दिए।

पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सुर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।

सुर्यदर्शनका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर जोशी र लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप छ।
 

कमेन्ट लोड गर्नुस