सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाबुरामको पार्टीको फेरि पुुरानै नाम नयाँ शक्ति

२०८१ कार्तिक ६, ०९:३५ खबर संवाददाता

काठमाडौंः डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नाम र झण्डा परिर्वतन गरेको छ।

पोखरामा मंगलवार सकिएको विधान सम्मेलनले पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको हो। नेता मानुषी यमी भट्टराईका अनुसार विधान संशोधनको मस्यौदामा नयाँ शक्ति नाम प्रस्ताव गरिएको थिएन। तर समूहगत छलफलमा अधिकांशले पार्टीको नाम नयाँ शक्ति राख्नुपर्ने मत राखे।

‘पार्टीको नाम जेजे भएपनि हाम्रो अवधारणा ‘५ स’ नै हो, जनताले पनि नयाँ शक्ति भनेर नै चिन्छन्’, उनले भनिन्, ‘नयाँ शक्ति नै भनौं भन्ने मत आएपछि यो निर्णयमा पुगेका हौं।’२०७२ असोजमा नयाँ संविधान जारी भएलगतै माओवादी केन्द्र छाडेका भट्टराईले ३० जेठ २०७३ मा दशरथ रंगशालामा कार्यक्रम गरेर नयाँ शक्ति पार्टी घोषणा गरेका थिए।

उनको पार्टीमा पूर्वमाओवादी नेताहरु मात्र होइन, सेवा निवृत्त कर्मचारी, अधिकारीकर्मी, कलाकारहरु समेत जोडिएका थिए। तर २०७४ को स्थानीय चुनावमा नयाँ शक्तिले झट्का व्यहो¥यो। ७५३ पालिकामा भएको चुनावमा नयाँ शक्तिले दुई वटामा प्रमुख, एक उपप्रमख र केही वडाअध्यक्ष मात्र जित्यो।

स्थानीय चुनावसँगै लडखडाएको नयाँ शक्तिले २०७४ को आम चुनावमा पुग्दा पुराना भनिएका दलहरुसँगै गठबन्धन गर्नुप¥यो। सेवा निवित्त कर्मचारी, बुद्धिजीवी मात्र होइन, माओवादीमा हुँदादेखि नै विश्वास पात्रहरु देवेन्द्र पौडेल, खिमलाल देवकोटा लगायतका नेताहरुले समेत साथ छाडे। वैशाख २०७६ मा आइपुग्दा डाक्टर भट्टराईले नै नयाँ शक्ति नाम छाड्न तयार भए। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गर्दा नयाँ शक्ति नाम छाडेर समाजवादी पार्टी नेपालमा सहमति गरे। 

कमेन्ट लोड गर्नुस